spot_img

खडेरीले मारमा परेका किसान मल पनि नपाउदा थप पिडामा – Madhes Khabar

- Advertisement -



मधेसखबर
वीरगन्ज,०४साउन : नेपाल सरकारले विदेशबाट खरिद गरेको युरिया मल साउनको तेश्रो साता सम्म पनि नेपाल नआइपुग्ने भएको छ ।खडेरीको मारमा परेका किसानहरु मल पनि नपाउदा थप पिडामा परेका छन् ।

वीरगन्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयका अनुसार , इजिप्ट र ओमानबाट आयात गर्न लागिएको युरिया मल , अहिले पनि सामुद्रिक मार्गमै रहेका कारण साउन तेश्रो साता सम्म पनि उक्त मल नेपाल नआइपुग्ने भएको हो ।

कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्रप्रसाद चम्लागाईंले मल अझै कोलकाता बन्दरगाहसम्म आइनसकेको बताए ।उनले भने ,‘ ‘ठेकेदार कम्पनीका अनुसार इजिप्ट र ओमानबाट मल बोकेर कोलकाताका लागि हिँडेको पानीजहाज अझै पनि समुद्रीमार्गमै छ,‘कोलकाता बन्दरगाहबाट आएर त्यहाँबाट नेपालका लागि रेलमा लोड नभएसम्म ठ्याक्कै कुन मितिमा वीरगन्ज आइपुग्छ भन्न सकिने अवस्था छैन ।

कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया र २० हजार मेटन डीएपी मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । साउनको पहिलो साता सम्म मल कोलकाता आइपुगे पनि त्यहाँबाट नेपाल आइपुग्न कम्तीमा साउन २० गते सम्म लाग्ने चम्लागाईले बताए । भारतबाट ‘जी टू जी’ प्रक्रियाबाट ल्याउने भनिएको युरिया मलको सम्बन्धमा पनि आफूलाई जानकारी नरहेको उनले बताए ।

धानबाली लगाएका किसानहरुलाई भने यति बेला युरिया मल अत्यावश्यक भइसकेको छ । रोपाइँ गरिसकेको २५ दिनमै धानबालीमा युरिया मल खेतमा छर्नु पर्छ ।खडेरीका बाबजुद पनि वैकल्पिक उपाय अपनाएर सिंचाइ गरि धान रोपाइ गरिसकेका किसानहरु इति बेला सम्म पनि मल नपाउदा इन्तुचिन्तु भएका छन् ।

पर्साको कालीकामाइ गाँउपालिका ५ का किसान रामेश्वर साहले भने ,‘ खडेरी परेर एक त आधा खेत बाँझै छ , जसोतसो गरेर रोपेको धानमा पनि मल छर्न पाइएकोे छैन , हामी किसान यसपाली मर्ने भयौ ।

किसान संघ पर्साका अध्यक्ष असर्फी साहले यसरी नै मलको अभाव भइरहे यस वर्ष धानको उत्पादन नै घटन सक्ने बताए । ‘हामीले लामो समय युरिया मलको प्रतीक्षा गरिसक्यौं, यसको विकल्प पनि छैन,’ उनले भने, ‘साउनको पहिलो सातासम्म मल आइपुग्ने कृषिमन्त्रीको दाबी पनि गलत सावित भयो ।’



Source link

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...