spot_img

पानी पार्न जनप्रतिनिधीलाइ बाँधेर पूजा – Madhes Khabar

- Advertisement -


रोचक दुनियाँ



मधेसखबर
वीरगन्ज,०२साउन : खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजा सहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । त्यही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी सहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेको स्थानीय सुशान्त घिमिरेले बताए ।

गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरि यस्तै पूजा भइरहेको छ । गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ,’ उनले भने,‘धार्मिक मान्यताअनुसार यसो गरिएको हो ।’

सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ । यो खबर कान्तिपुरमा लेखिएको छ 





Source link

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...