spot_img

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घरमा प्रदर्शनकारीले आगो लगाइदिए – Madhes Khabar

- Advertisement -


अन्तर्राष्ट्रिय



एजेन्सी

वीरगन्ज,२५ असार :श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा शनिबार बेलुकी प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ

शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावको स्थिति आएपछि आश्रुग्यास प्रहार गरिएको थियो। त्यसका बावजुद प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको समाचारमा उल्लेख छ।

कोलम्बो नगर परिषद्ले पनि प्रधानमन्त्री निवासमा आगलागी भएको पुष्टि गरेको छ। सहरमा प्रदर्शनकारीद्वारा भएको अशान्तिका कारण दमकल पुग्न समस्या भएको परिषद्का अधिकारीले डेली मिरर अनलाइनसँग भनेका छन्।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरुले आज बिहानैदेखि सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आज बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए। दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिन तयार रहेको बताएका छन्। उनले पदबाट राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिरर अनलाइनले लेखेको छ।

उनले ट्वीटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार त्यहाँको नागरिकको सुरक्षाका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्ताव स्वीकार गरेका छन्।





Source link

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...