spot_img

नवनियुक्त तीन मन्त्रीले गरे पदभार ग्रहण – Madhes Khabar

- Advertisement -






मधेशखबर
वीरगंज , असाढ २१,२०७९ नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा वन तथा वातावरण मन्त्री प्रदीप यादव ,कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तीनै जना जनता समाजवादी पार्टी जसपाका हुन्। यसअघि सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई जसपाले फिर्ता बोलाएको हो ।

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै जनताको रहर हरित सहर’ कार्यक्रम अन्तर्गत तराई–मधेसका १०५ पालिकाहरूमा वृक्षारोपण गरीने बताए । ती पालिकाहरुमा अहिले वन तथा रुख बिरुवा नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरि र नहरको वरिपरि नदी नियन्त्रणमा सहयोग हुने गरी वृक्षरोपण अभियानको थालनी गरिने जानकारी दिए ।

 





Source link

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...